१५ असार २०८३, सोमबार

मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द हुने

बैशाख २९, २०७९
मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द हुने

सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै काठमाडौं ल्याइएको खानेपानी जुनसुकैबेला पनि बन्द हुने भएको छ ।

वर्षासँगै बाढी बढेर आकस्मिक रूपमा सुरुङमा पानी हाल्न बन्द गर्नुपर्ने स्थिति आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

अहिले पनि वर्षाका कारण सुरुङमार्गभित्र धमिलो पानीसमेत जान थालेको छ । आयोजनाले अहिले धमिलो पानी सुरुङमा छिरेपछि त्यसबाट जोखिमको स्थिति नभएकाले बन्द गर्नुपर्ने स्थिति नरहेको जनाएको छ ।

आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बाढी बढेमा जुनसुकै बेला पनि सुरुङ बन्द गर्नुपर्ने स्थिति आउने बताउँछन् । 
‘१५ जेठदेखि बन्द गरौं भन्ने छ, प्री मनसुन त्यो अगाडि शुरू भएमा त्यसभन्दा अगाडि नै पनि बन्द हुन सक्छ, ठूलो वर्षा भएर बाढी बढेमा जुनसुकै बेला पनि बन्द गर्नुपर्नेहुन्छ,’ उनले भने । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्