२० असार २०८३, शनिबार

सातामा २ दिन सार्वजनिक हुँदा कति घट्छ पेट्रोलियम पदार्थको खपत ?

बैशाख २९, २०७९
सातामा २ दिन सार्वजनिक हुँदा कति घट्छ पेट्रोलियम पदार्थको खपत ?

सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेकाले  डिजल  र  पेट्रोलको  खपत  सातदेखि  १०  प्रतिशत  कमी  आउने  नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले  जानकारी दिए ।

दुई दिन सार्वजनिक बिदा भएपछि सवारीसाधन कम चल्ने भएकाले इन्धन खपतमा कमी हुने अनुमान गरिएको हो ।

वैशाख  पहिलो  साता  प्राप्त  भारतीय  आयल  कर्पोरेसन  (आईओसी)को  नयाँ  बिक्री  मूल्यसूचीअनुसार  पेट्रोल  र  डिजलको  खरिद  लागत  मूल्य  क्रमशः  प्रतिलिटर  १८३  रुपैयाँ दुई पैसा र १८३ रुपैयाँ १३ पैसा छ ।

निगमले अहिले प्रतिलिटर १६० रुपैयाँ लिटरमा पेट्रोल र १४३ रुपैयाँमा डिजल बिक्री गर्दै आएको छ, जसअनुसार निगमलाई पेट्रोलमा लिटरमा २३ रुपैयाँ दुई पैसा र डिजलमा प्रतिलिटर ४० रुपैयाँ १३ पैसा घाटा छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्