सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेकाले डिजल र पेट्रोलको खपत सातदेखि १० प्रतिशत कमी आउने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
दुई दिन सार्वजनिक बिदा भएपछि सवारीसाधन कम चल्ने भएकाले इन्धन खपतमा कमी हुने अनुमान गरिएको हो ।
वैशाख पहिलो साता प्राप्त भारतीय आयल कर्पोरेसन (आईओसी)को नयाँ बिक्री मूल्यसूचीअनुसार पेट्रोल र डिजलको खरिद लागत मूल्य क्रमशः प्रतिलिटर १८३ रुपैयाँ दुई पैसा र १८३ रुपैयाँ १३ पैसा छ ।
निगमले अहिले प्रतिलिटर १६० रुपैयाँ लिटरमा पेट्रोल र १४३ रुपैयाँमा डिजल बिक्री गर्दै आएको छ, जसअनुसार निगमलाई पेट्रोलमा लिटरमा २३ रुपैयाँ दुई पैसा र डिजलमा प्रतिलिटर ४० रुपैयाँ १३ पैसा घाटा छ । गोरखापत्र दैनिकमा खबर छ ।