जेठ ६, २०७९
सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा...
यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित 'महा एक्सचेञ्ज मेला' को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।
यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ ।
‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो ।
कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३,०००/- रुपियाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउँने कम्पनीले जनाएको छ ।
उक्त स्कुटरको उच्चतम फ्यूल इफिसिएंसी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।
स्मार्ट 'कनेक्ट-एक्स' फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले 'गुगल प्ले स्टोर' र 'एप्पल' को फोन प्रयोग गर्ने चालकले 'एप्पल'को 'एप स्टोर' मार्फत यामाहाको 'कनेक्ट-एक्स' एप डाउण्लोड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार 'कनेक्ट-एक्स' एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्नेछन् :
१. 'लोकेट माइ भिएकल' मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् ।
२. 'हजार्ड' फिचरमार्फत् आकस्मिक अव्स्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् ।
३. 'राइडिङ हिस्ट्री' मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् ।
४. 'पार्किङ रेकर्ड' मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् ।
५. स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा 'एन्सर ब्याक' फिचर सेलेक्ट गर्दा स्कुटरको 'इन्डिकेटर' र 'हर्न' क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् ।
गत वर्ष बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको यस अल न्यू रेजेड आर १२५ फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एयर-कूल्ड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको स्कुटर हो । जसले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ ।
'काठमाडौँ रेजियर्स' फुटबल क्लबको टाइटल स्पन्सर समेत रहेको उक्त स्कुटर 'कनेक्ट -एक्स' फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्रीले उल्लेख गरेका छन् ।
सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा...
८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्ट...
विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप ...
मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्राण्डको भोड्का बजारमा सार्वजनिक गरेको छ । यसअघि सारंगी ब्राण्डको ह्वीस्की लोकप्रिय बन्दै गर्दा कम्पनीले ‘सेतो बाघ’ ब्राण्डको भोड्का सार्वजनिक गरेको ह...
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सन्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्ता...
सिटी होटल लिमिटेड (गोल्यान ग्रुप अन्तर्गतको कम्पनी) ले ह्यात प्लेस होटल, काठमाडौंमा क्यासिनो सञ्चालनका लागि एक सम्झौता गरेको छ । सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनका लागि र्याङ्क इन्टरटे...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...