०८ साउन २०८३, शुक्रबार
स्थानीय चुनाव

अस्वस्थताका कारण संस्कृतिविद् सत्यमोहन जोशीले मतदान नगर्ने

बैशाख ३०, २०७९
अस्वस्थताका कारण संस्कृतिविद् सत्यमोहन जोशीले मतदान नगर्ने

संस्कृतिविद् सत्यमोहन जोशीले अस्वस्थताका कारण मतदान नगर्ने भएका छन् ।

उनको मतदानस्थल ललितपुरको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयमा परेको छ । मंगलबजारको उक्त मतदान केन्द्र नजिकै घर भए पनि स्वास्थ्य लाभ गरेर घरमै आराम गर्ने भएकोले उनी मतदान गर्न नजाने भएका हुन् ।

जोशीले आफूलाई सञ्चो नभएकोले परिवारका सदस्यसँग घरमै बस्ने र मतदान गर्न जान नसक्ने बताए । जोशी आजैबाट १०३ वर्ष लागेका छन् । उनको जन्मोत्सवको अवसरमा परिवारका सदस्यसँगै बस्ने भएका हुन् । 

मंगलबजारको १२ नम्बर वडा कार्यालयको मतदानस्थल पुगेको ललितपुर महानगरका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले उनको स्वास्थ्य अवस्थाबारे आफूले पनि जानकारी लिएको बताए ।

महर्जनले भने ‘मैले परिवारका सदस्यसँग फोनमा कुराकानी गरेको छु । जोशीको माइला छोरा विदेशबाट घर आएका छन् ।’

उनलाई स्वास्थ्यमा लाभ नभएको भनेर परिवारका सदस्यले जानकारी दिए । तर, पनि दिउँसो जोशीको इच्छा भयो भने परिवारका सदस्यले मतदान गर्न ल्याउन सक्ने विषयको जानकारी आफूलाई गराएको महर्जनले लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्