
सप्तरीको राजविराज नगरपालिका-१२ मा राति ११ बजेसम्म मतदान जारी छ ।
राति ११ बजेसम्म पनि मतदान जारी रहेको र सकिन अझै केही समय लाग्ने सप्तरीका मुख्य निर्वाचन अधिकारी चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार साँझ वर्षा भएर मतदान कार्य प्रभावित भएको थियो ।
उक्त मतदानस्थलमा सामान्य झडप र वर्षापछि रोकिएको निर्वाचन शुरू भएको थियो ।