
नुवाकोटको विदुर नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नगरपालिकाको मेयर पदमा कांग्रेसले अग्रता लिएको छ भने उपमेयरमा राप्रपाले अग्रता लिएको छ ।
कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको नगरपालिकामा हालसम्मको मतगणनाअनुसार कांग्रेसका मेयर उम्मेदवार राजन श्रेष्ठ २४ भोटका साथ अगाडि छन् भने एमालेका उम्मेदवार सन्जु पण्डितले १९ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनकी उम्मेदवार प्रभा बोगटी पछाडि परेकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी बोगटीले १२ मत पाएकी छन् भने राप्रपाका कुलबहादुर खड्गे र एमालेकी अम्बिका पौडेलले समान १३– १३ मत पाएका छन् । मतगणना जारी छ ।