
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ को ८८३ प्यानल मत गणना भएको छ ।
कूल १ हजार ६४७ मतमध्ये प्यानल मत ८८३ र क्रस मत ७६४ रहेका छन् ।
प्यानल मत गणना हुँदा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यमा हालसम्म हँसियाहथौडालेले ३८९, रुखले २४९ र सूर्यले २४५ मत पाएको छ ।
क्रस रहेका ७६४ मत गणना गर्न बाँकी रहेका छन् ।