
रुपन्देहीका ३ वटा नगरपालिकाको प्रारम्भिक मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकामा रातिदेखि मतगणना शुरू भएको छ ।
३ वटै नगरपालिकामा कांग्रेस सहितको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले २०० मतगणना हुँदा ७३ मत प्राप्त गरेका छन् ।
दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मृगेन्द्र शेरचन ४५ मत ल्याएका छन् भने एमालेका बाबुराम भट्टराई ३३ मतसहित तेस्रोमा छन् ।
रुपन्देहीको सैनामैन नगरपालिकामा पनि कांग्रेसको अग्रता छ । १०० मतगणना हुँदा कांग्रेसका फणिन्द्र शर्माले ४२ र एमालेका चित्रबहादुर कार्कीले ३४ मत पाएका छन् ।
उपप्रमुखमा माओवादी केन्द्रले ४८ र एमालेकी बीमा मगरले ४१ मत प्राप्त गरेकी छन् ।

देवदह नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन । कांग्रेसका प्रमुख पदका उम्मेदवार हिराबहादुर खत्रीले ३६ र एमालेका उम्मेदवर ध्रुव खरेलले ३२ मत पाएका छन् ।
तिलोत्तमा नगरपालिका अहिले बिहान ८ बजेबाट मतगणना शुरू गर्ने राजनीतिक दलबीच सहमति भएको छ । रुपन्देहीमा १ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका छन् । अन्य पालिकाको पनि मतणना शुरू गर्ने तयारी छ ।
