
रूपन्देहीको देवदहमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ ।
गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ६८ मत पाएका छन् ।
१ नम्बर वडाको २०० मत गणना हुँदा नेकपा एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन् ।
१०० मत गणना हुँदा पनि खत्री नै अगाडि थिए । उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले अग्रता लिएकी छन् । गुरूङले ५८ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन् ।
अग्रता लिएका केसी र गुरूङ यसअघिका पनि देवदहका निर्वाचित मेयर उपमेयर हुन् । देवदहमा ४८ हजार २९१ मतदातामध्ये शुक्रवार भएको निर्वाचनमा ३६ हजार २० मत खसेको थियो ।