१९ असार २०८३, शुक्रबार

बर्दिवासमा ४६७ मत गणना हुँदा बागी उम्मेदवारको अग्रता, कांग्रेसको थोरै मत

बैशाख ३१, २०७९
बर्दिवासमा ४६७ मत गणना हुँदा बागी उम्मेदवारको अग्रता, कांग्रेसको थोरै मत

महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।

४६७ मतगणना हुँदा कांग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीले अग्रता लिएका छन् ।

हालसम्म ४६७ मतगणना गर्दा क्षेत्रीको १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका चिरञ्जीवी हमालको ५ मत रहेको छ ।

उपमेयरमा एमालेकी उम्मेदवार दुर्गा दाहालले अग्रता लिएकी छन् । माओवादी केन्द्रकी कृष्णमाया गौतमले ४८ मत प्राप्त गरेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्