
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ ।
शुरूको ४०० भोट गन्दा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठले २०५ मत पाएका छन् ।
नेकपा एमालेका दीपक पन्थीले १७३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी मनी पन्थीले १८७ र कांग्रेसकी इन्दिरा भुसालले ९८ मत प्राप्त गरेकी छन् ।
विवेकशील साझाले पशुपति पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाए पनि उनले उल्लेख्य मत पाउन सकेका छैनन् ।