रुपन्देहीको बुटवल उपमहानगरपालिका कांग्रेसका खेलराज पाण्डेले फराकिलो मतान्तर बनाएका छन् ।
वडा नम्बर १ को मतगणना सकिँदा पाण्डे ८४३ मतका साथ अगाडि छन् । त्यस्तै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ४१४ र एमालेका बाबुराम भट्टराईले ३४० मत मात्र ल्याउन सकेका छन् ।
अहिले बुटवल उपमहानगरपालिका–१९ को मतगणना भइरहेको छ ।