
दार्चुलाको नौ वटा स्थानीय तहमा एमाले र माओवादीले चार चार वटा स्थानीय तहमा अग्रता लिएका छन भने कांग्रेसले एउटा स्थानीय तहमा मात्रै अग्रता लिएको छ ।
दार्चुलाको दुहु गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । माओवादीले भने अपिहिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिकामा अग्रता लिएको छ । बाँकी चार वटा स्थानीय तहमध्ये ३ नगरपालिका १ गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ । एमालेले मालिकार्जुन र शैल्यशिखर, महाकाली नगरपालिकामा र व्यास गाउँपालिकामा अग्रता लिएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए ।
दार्चुलाको सबै स्थानीय तहमा मतगणना भइरहेको छ । मतगणना भएका स्थानीय तहमध्ये अपिहिमाल गाउँपालिका र महाकाली नगरपालिकाको गणना अलि बढी अगाडि बढेकोले सो तहको नतिजा छिटो आउनसक्ने अपेक्षा गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
अपिहिमालमा माओवादीका भक्त सिंह ठेकरेले एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्यालको भन्दा करिब दोब्बर बढीको मतान्तर बनाएका छन् । भक्तसिंहले १२३७ मत पाउँदा धर्मानन्दसिंहले ७७३ मत मात्रै पाएका छन् । नौगाडमा माओावदीले १७७७ मत पाउँदा एमालेले १६०३ मत पाएको छ ।
महाकाली नगरपालिकामा पनि एमालेका नरसिंह चैसिंरले ११४४ मत पाउँदा कांग्रेसका हंसराज भट्टले ९६० मत पाएका छन् ।