२५ असार २०८३, बिहीबार

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डे १ हजार ३५५ मतसहित अगाडि, भट्टराईको ७०४ मत

बैशाख ३१, २०७९
बुटवल उपमहानगरमा कांग्रेसका पाण्डे १ हजार ३५५ मतसहित अगाडि, भट्टराईको ७०४ मत

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले १ हजार ३५५ मतसहित अगाडि छन्।

नेकपा एमालेबाट मेयर उम्मेदवार बाबुराम भट्टराईले ७०४ मत प्राप्त गरेका छन् । 

पाण्डेले ६५१ मत बढी ल्याएर अग्रता लिइरहेका छन्। राप्रपाका मृगेन्द्र शेरचनले ५०९ मत ल्याएका छन्।

बुटवलमा उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले ६३२, एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५७५ र राप्रपाकी भगवती पाण्डेले ४६७ मत प्राप्त गरेकी छन्।

यसअघि वडा नम्बर १ को मत गणना सकिएकोमा अहिले वडा नम्बर २ र १९ को मतगणना भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्