
काठमाडौं, १ साउन – गायक पुष्कल शर्मा बेलाबेलामा चर्चामा आइरहन्छन् । आफै मरेको गीत गाएर चर्चामा आएका पुष्पल शर्मा यतिबेला नयाँ गीतसहित बजारमा आएका छन् ।
‘मैले संसार छोडी जाँदैछु’ बोलको गीतमार्फत उनले विरहका भाकालाई गीतमा उनेका हुन् ।
देवी घर्ती मगर र पुष्कल शर्माको स्वर रहेको गीतको म्युजिक भिडियोमा विनोद श्रेष्ठ र रेजिना कान्छीले अभिनय गरेका छन् । उक्त गीतमा रमेश पौडेल क्षेत्रीको शब्द तथा संगीत रहेको छ ।