.jpg?1500188656540)
काठमाडौं, १ साउन – चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले काठमाडौं लगायतका देशभरका हलमा चलचित्रले राम्रो व्यापार गरेको छ । फिल्मको प्रिमियरमै राम्रो प्रतिक्रिया पाएको चलचित्रले शुक्रवार नै राम्रो ओपनिङ गरेको निर्माताले जानकारी गराएका छन् ।
बिहानदेखि नै दर्शकको भीड आक्रामक देखिएको छ । प्रचारमा समेत अगाडि देखिएको ‘म यस्तो गीत गाउँछु’ लाई बालाजुस्थित अष्टनारायण हलमा चार हलमध्ये तीन हलमा यही फिल्म चलेको जनाइएको छ । साथै उक्त चलचित्रले मल्टिप्लेक्स हलमा पनि राम्रो व्यापार गरेको जनाइएको छ । काठमाडौंमा वितरकको जिम्मा लिएका गोपाल कायस्थले फिल्मले राम्रो व्यापार गरेको बताए ।
साथै चलचित्रले चाबहिलको गोपीकृष्ण हलमा पनि उत्साहजनक व्यापार गरेको छ । उक्त हलमा भएका पाँच हलमा दर्शकको घुइँचो लागेको छ । काठमाडौंबाहेक बाहिरका हलमा पनि दर्शकले उत्साहजनक साथ दिएको निर्माताले बताए ।

चलचित्र हलमा दर्शकसँगै बसेर सिनेमा हेरेर पल शाह र पूजा शर्मा दर्शकबाट घेरिएका थिए । चलचित्र हेरिसकेका दर्शकले चलचित्रको संगीत पक्ष राम्रो भएको, कलाकारको अभिनय मन पराएको, कमेडी पक्षले पनि मन जितेको प्रतिक्रिया दिए ।