१९ असार २०८३, शुक्रबार

विराटनगरका ६ वटा वडामा मतगणना, कहाँ को अगाडि ?

विराटनगरका ६ वटा वडामा मतगणना, कहाँ को अगाडि ?

विराटनगर महानगरपालिकाका ६ वडामा मतगणना भइरहेको छ । विराटनगरका १, २, १६, १७, १८ र १९ वडाको मतगणना भइरहेको हो ।  

अहिलेसम्म कतै स्वतन्त्र र कतै राप्रपाको पनि अग्रता देखिएको छ । 

वडा नं. १ मा नेपाली कांग्रेसका राजन न्यौपानेले अग्रता लिइरहेका छन् । उनले ४९४ मत ल्याएर अग्रता लिइरहँदा एमालेका काजी बस्नेतले ३९४ मत ल्याएर पछ्याइरहेका छन् । माओवादीका चन्द्रबहादुर बनले १२८ मत ल्याएका छन् । 

वडा नम्बर २ मा राप्रपाका पवनकुमार सुरानाले अग्रता लिएका छन् । उनले ४३६ मत ल्याउँदा एमालेका कुमार पोख्रेलले ३६७ मत ल्याएका छन् । कांग्रेस भने तेस्रो स्थानमा देखिएको छ । कांग्रेसका ज्ञानेश्वर नेपालले १७० मत प्राप्त गरेका छन् । 

वडा नम्बर १६ मा कांग्रेसले लिड गरिरहेको छ । कांग्रेसका उद्धवकुमार भुजेलले १९९ मत ल्याउँदा एमालेका कुमार महर्जनले १६१ मत ल्याएका छन् । जसपा तेस्रो स्थानमा छ । जसपाका किशोरकुमार मण्डलले १५१ मत ल्याएका छन् । 

१७ नम्बर वडामा जसपाका समिमकुमार मियाले अग्रता लिएका छन् । उनले ५५७ मत प्राप्त गर्दा कांग्रेसका असलम आलमले ३८६ मत ल्याएका छन् । एमालेका मो. हमिद आजमले २८२ मत ल्याएका छन् । 

यस्तै १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले अग्रता लिएका छन् । उनले २६९ मत ल्याएर अग्रता कायम गर्दा कांग्रेसका तुला चन्द यादवले २४५ मत ल्याएका छन् । एमाले यस वडामा पनि तेस्रो अवस्थामा छ । एमालेका भुवनेश्वर यादव १९२ मत प्राप्त गरेका छन् । 

१९ नम्बर वडामा भने एमालेले अग्रता लिएको छ । एमालेका श्याम घिमिरेले ५१३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । कांग्रेसका उदय राजवंशीले ४३९ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्