१० असार २०८३, बुधबार
स्थानीय चुनावकाे नतिजा

डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्षमा कांग्रेस निर्वाचित भएको छ ।  

नेपाली कांग्रेसका उमेदवार लक्ष्मी प्रसाद अवस्थी २ हजार ८७९ निर्वाचित भएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का कबीन्द्र बहादुर बिष्टले २ हजार ६०६ मत प्राप्त गरे । 

यस्तै नेपाली कांग्रेस (बी.पी.)का गोकुल बहादुर शाहीले १ हजार ३८५ र नेकपा (माओवादी केन्द्र)का धर्म देव लुहारले ६१५ मत प्राप्त गरे ।    

उपाध्यक्षमा नेपाली कांग्रेसकी निर्मला कुमारी बोगटी ३ हजार २०८ मतसहित निर्वाचित भइन् । 

उनकी प्रतिस्पर्धी  नेकपा  (एकीकृत समाजवादी) चन्द्रा देवी रुपालीले २ हजार ३६७ मत प्राप्त गरिन् । 

यस्तै नेकपा (एमाले)का बिर बहादुर बिष्टले ७७९    मत र नेकपा (माओवादी केन्द्र)की  विसना देवि वोहराले ७०० मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्