१८ असार २०८३, बिहीबार

विराटनगर–१७ को वडाध्यक्षमा जसपाका मिया विजयी

विराटनगर–१७ को वडाध्यक्षमा जसपाका मिया विजयी

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको गृहनगर विराटनगर–१७ मा जसपाले खाता खालेको छ ।

जसपाका समिम कमर मिया १ हजार ४५० मत ल्याउँदै विजयी भएका छन् । प्यानलसहित जसपाले १७ नम्बर वडा जितेको छ । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका असलम आलमले ९४४ मत प्राप्त गरेका छन् । आलम १५ नम्बर वडाका निवर्तमान वडाध्यक्ष हुन् ।

उनी यसअघिको निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव जितेका थिए । उनी कांग्रेसमा प्रवेश गरेर वडाध्यक्षमा उठेका थिए ।

वडामा एमाले तेस्रो बनेको छ । एमालेका हमिद आजादले ६०२ मत मात्रै पाएका छन् ।

कमेन्ट गर्नुहोस्