०९ साउन २०८३, शनिबार

भक्तपुरमा नेमकिपा जीत नजिक, मतान्तर नै २४ हजार

भक्तपुरमा नेमकिपा जीत नजिक, मतान्तर नै २४ हजार

नेपाल मजदुर किसान पार्टीको एकछत्र प्रभाव रहेको भक्तपुर नगरपालिकामा नेमकिपा उम्मेदवार सुनिल प्रजापति जीत नजिक पुगेका छन् ।

प्रतिस्पर्धीसँग उनको मतान्तर २४ हजारभन्दा बढी छ ।

सोमवार बिहान ११ बजेसम्मको अपडेट अनुसार प्रजापतिले २७ हजार ६६० मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत पाएका छन् ।

तेस्रोमा रहेका एमाले उम्मेदवारले २ हजार ६६७ मत पाएका छन् । उपमेयरमा पनि नेमकिपाकी रजनी जोशी २८ हजार ११० सहित दोस्रो स्थानमा छिन् ।

२०७४ सालको निर्वाचनमा पनि मेयर निर्वाचित भएका प्रजापतिले राम्रो छाप बनाएका छन् । उनी २०६४ सालमा संविधानसभा सदस्य थिए । 

salt training

कमेन्ट गर्नुहोस्