
सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले पछ्याइरहेको छ ।
नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेन्द्रप्रसाद यादवले ७३१ मत ल्याएर अग्रता लिएका छन् भने जसपाका उम्मेदवार निरसल साहले ५७० मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका शमिम खाँले ७५ मत, नेकपा एकीकृत समाजवादीका देवेन्द्र रायले ७० मत, नेकपा माओवादी केन्द्रका अब्दुर रहिम मिकरानीले १९ मत ल्याएका छन् ।