
सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूले जितेका छन् ।
अध्यक्षमा माओवादीका राजाबाबु यादव ४ हजार ८१ मत र उपाध्यक्षमा गीता देवी ३ हजार ५२३ मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३९२ मत ल्याएका थिए । त्यसै गरी स्वतन्त्रबाट के.एस. राहुल वर्माले १ हजार ४६९,नेकपा एमालेका पुरुषोत्तमप्रसाद चौधरीले ९२१ मत र लोकतान्त्रिक समाजवादी पार्टीका मनिषकुमार मिश्रले ७५६ मत ल्याएका थिए ।
त्यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसकी कोशीला साह २ हजार ६ सय ३७ मत,स्वतन्त्रबाट रामविनोद रायले ९ सय ५२ मत ल्याएका थिए ।