
स्याङ्जाको गल्याङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले जितेका छन् ।
भट्टराईले ९ हजार ६२१ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेले ८ हजार ९२२मत मात्रै ल्याएका छन् ।
यो गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकै हेमा न्यौपानै तिमिल्सीना विजयी भएकी छिन ।
तिमिल्सिनाले ९ हजार ११८ मत ल्याउँदा एमालेकी देवीसरा थापाले ६६१ मत ल्याएकी छिन् ।