०७ असार २०८३, आइतबार

ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका राम पदारथ साह तेली ४ हजार ६६८ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका वीरेन्द्रकुमार रायले १ हजार ९०७ मत, नेकपा माओवादी केन्द्रका कृष्ण रायले १ हजार ४८० मत ल्याएका छन् ।
 
उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादव ४ हजार ६१० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी गीतादेवी रायले ३ हजार ३११ र जनता समाजवादी पार्टी (जसपा) नेपालकी उर्मिला देवीले २ हजार १९५ मत ल्याएकी छन् ।

कमेन्ट गर्नुहोस्