१४ असार २०८३, आइतबार

रिब्दीकोटको अध्यक्षमा माओवादीका कार्की र उपाध्यक्षमा कांग्रेसकी अधिकारी निर्वाचित

रिब्दीकोटको अध्यक्षमा माओवादीका कार्की र उपाध्यक्षमा कांग्रेसकी अधिकारी निर्वाचित

पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । 

यसअघिको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका नारायणबहादुर जिसी र उपाध्यक्ष निर्वाचित लक्ष्मी खनाललाई हराउँदै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नारायणबहादुर कार्की अध्यक्ष र कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

५ हजार ७०७ मतका साथ माओवादी केन्द्रका कार्की गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका जिसीले ४ हजार ६२६ मत पाएका रिब्दीकोट गाउँपालिकाका निर्वाचन अधिकृत टीकाराम अर्यालले जानकारी दिए । 

कांग्रेसकी कान्ता अधिकारीले ५ हजार ४७९ मत ल्याएर गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी एमालेकी खनालले ४ हजार ९२६ मत ल्याएकी छन् ।

८ वडा रहेको गाउँपालिकामा ६ वडा गठबन्धन र २ वडा नेकपा एमालेले जितेको छ । गाउँपालिकामा ११ हजार २५९ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्