०७ असार २०८३, आइतबार

राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । 

उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत प्राप्त गरेका हुन् । 

यसै गरी थारुकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी चमेली बागवलले ९ हजार ३४१ र माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्