
सर्लाहीको कोडैना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुपेशकुमार दोब्बर मतान्तरले निर्वाचित भएका छन् ।
उनले ५ हजार २८१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनन्दन प्रसादले २ हजार ४४१ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रसाद राय यादवले २ हजार ६५ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी नगिना देवीले ४ हजार ९६३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी पलवीदेवी यादवले २ हजार ६६२ मत र लोसपाकी विन्दु कुमारी यादवले २ हजार १४४ मत ल्याएकी छन् ।