
नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी मेयर पदमा निर्वाचित भएका छन् ।
अधिकारीले १६ हजार ४५५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेल १३ हजार ६०६ मतमै सीमित भएका छन् ।
उपमेयरमा शान्ति कोइराला १६ हजार ११४ मतसहित विजयी भएकी छन् ।