
दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयर पदमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३१७ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २८५ मत पाएका छन् भने एमालेका दण्डीराम चौधरीले ५ हजार ५०३ मत पाएका छन् ।
उपमेयर पदमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७३७ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८४८ र एमालेकी सुशीला शर्माले ५ हजार ३१२ मत पाएकी छन् ।