०७ असार २०८३, आइतबार

अर्घाखाँचीको मालारानीमा आमाछोरी निर्वाचित

अर्घाखाँचीको मालारानीमा आमाछोरी निर्वाचित

अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेबाट आमाछोरी निर्वाचित भएका छन् । 

मालारानी गाउँपालिकामा एउटै पार्टीबाट वडा नम्बर ३ मा आमा रेमकला विक र वडा नम्बर ५ मा उनकी छोरी अनिता दलित महिला सदस्यमा निर्वाचित भएका हुन् । 

एमाले अर्घाखाँचीका जिल्ला नेता सहयोगी बिसीले एमालेबाट वडा सदस्यमा निर्वाचित रेमकला र अनिता आमाछोरी रहेको लोकान्तरलाई जानकारी दिए । मालारानी गाउँपालिकामा एमालेले जित निकालेको छ । 

गाउँपालिका अध्यक्षमा दलबहादुर भटटराई र उपाध्यक्षमा दीपा पोखरेल निर्वाचित भएका छन् । 

पालिकाका अध्यक्ष उपाध्यक्षसहित ९ वटा वडामध्ये एमालेले ७ वटामा जीत निकालेको बिसीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्