१० असार २०८३, बुधबार

सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

सूर्यविनायकको मेयरमा एमालेका उम्मेदवार वासुदेव थापा निर्वाचित भएका छन् । थापाले १४ हजार ७५८ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेलले १३ हजार २३२ मत पाएका छन् ।

उपमेयरमा एमालेकै सरिता भट्टराई तिमिल्सिना निर्वाचित भएकी छन् । भट्टराईले १४ हजार ४९० मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६६१ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्