१५ असार २०८३, सोमबार

धनपालथानकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

धनपालथानकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

मोरङको धनपालथान गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका जिवछ प्रसाद गच्छदार र  उपाध्यक्षमा नसिमा बानो विजयी भएका हुन् । नेकपा एमालेका मुसहरु मण्डललाई २७१ मतले पराजित गर्दै गच्छदार अध्यक्षमा निर्वाचित भएका हुन् ।

बानोले ५१७ मत अन्तरले एमालेकी उपासी राजवंशीलाइ पराजीत गरेकी हुन् । गच्छदारले ६ हजार ३२९ र मण्डलले ६ हजार ५८ मत प्राप्त गरेका छन् । बानोले ६ हजार २८४ र राजवंशीले ५ हजार ७६७ मत प्राप्त गरेकी हुन् ।

धनपालथानका सातवटा वडाहरुमध्ये नेपाली कांग्रेस वडा नं. ४ र ६ मा निर्वाचित भएकाे छ ।वडा नं. १ ,३,५ र ७ माओवादी केन्द्रले जितेको छ भने एमालेले  वडा नम्बर २ मा जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्