×

NMB BANK
NIC ASIA

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकियो

जेठ ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला संवत् २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज रातिदेखि समाप्त हुने भएको छ ।

Muktinath Bank

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरूपमा बढी मतदाता रहेका महानगरपालिका र उपमहानगरपालिकाको मतगणना सकिन अझै केही दिन लाग्ने देखिएको छ । संविधानतः जनप्रतिनिधिमूलक स्थानीय तहमा पद रिक्तता हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गतेअगावै निर्वाचन भइसकेकाले कानूनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने निर्वाचन आयोगले जनाएको छ । नेपालको संविधानको धारा २१४ अनुसार स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ र नगर कार्यपालिकामा निहित रहेको छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्षको हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको संविधानको धारा २१५ उपधारा ९४० मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र उपधारा ९५० बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई जना सदस्य हुने व्यवस्था र धारा २१६ को उपधारा ९४० बमोजिम नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगरसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र उपधारा ९५० बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था रहेको छ ।


Advertisment
Nabil box
Kumari

    त्यसैगरी निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

Vianet communication
Laxmi Bank

    जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्ने गरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेकोमा विभिन्न कारणले आजसम्ममा सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन सकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यथाशक्य बढीभन्दा बढी मतगणना टोली परिचालन गरी गणना कार्य सम्पन्न गर्न र गत वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा चार दिनभित्र मतगणना कार्य सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x