
धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् ।
लौरो चुनाव चिह्न लिएर लडेका हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ हजार ६५७ मत पाएका छन् । एमाले उम्मेदवार मन्जु भण्डारीले ७ हजार ९ मत पाएकी छन् ।
उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा ९ हजार ८९० मतसहित अगाडि छन् । उनलाई एमालेका पदम लिम्बुले ९ हजार ४८६ मत ल्याएर पछ्याइरहेका छन् ।
धरानमा १ देखि १० सम्म, १२, १८ र १९ नम्बर वडाको मतगणना सकिएको छ । ११, १३ र १४ को मतगणना भइरहेको छ ।
१५, १६ र १७ न. वडाको मतगणना हुन बाँकी छ ।
२० नं. वडाको मतगणनामा विवाद भएपछि मतपरिणाम तत्कालका लागि रोकिएको छ ।