
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पराजित भएकी छन् ।
पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा मुख्यमन्त्री राउतकी पत्नी पराजित भएकी हुन् । उनी तेस्रो स्थानमा खुम्चिएकी छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी बबिता सिंह ५ हजार ५३१ मत ल्याएर निर्वाचित भएकी छन् । नेकपा एमालेकी मिरादेवी कुर्मी ३ हजार ३४५ मत ल्याएर दोस्रो हुँदा मुख्यमन्त्री राउतकी पत्नी जनता समाजवादी पार्टीबाट खातुन ३ हजार १२३ मत ल्याएर तेस्रो भएकी हुन् ।
पालिकाको अध्यक्षमा पनि कांग्रेस विजयी हुँदा जनता समाजवादी पार्टी तेस्रो भएको छ । कांग्रेसका श्रीकान्तप्रसाद यादव ५ हजार ७४९ मत ल्याएर निर्वाचित भएका छन् ।
नेकपा एमालेका मोहम्मद सलिम मन्सुर ३ हजार ९२६ मत, जनता समाजवादी पार्टीका कृष्णमोहन प्रसाद यादव ३ हजार ४४७ मत ल्याएका छन् ।