
काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्र र उनकाे बसाेबास समेत रहेको सो वडामा एमालेका पराजुली ५ हजार २२५ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका सिरादेवी कँडेलले ३ हजार १०८ मत पाएकी छन् ।