०७ असार २०८३, आइतबार
स्थानीय तह निर्वाचन

काठमाडौंको मेयरमा साहको अग्रता कायमै, सिंहले कटाइन् १४ हजार मत

काठमाडौंको मेयरमा साहको अग्रता कायमै, सिंहले कटाइन् १४ हजार मत

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बिहान ११ बजेको अपडेट अनुसार ७३ हजार ९०९ मत गणना गर्दा साहले २७ हजार ४९५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार ९४० मत पाएका छन् । 

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार त कटाएकी छिन् ।

उनले १४ हजार १५ मत ल्याएकी छन् । 
 

कमेन्ट गर्नुहोस्