जेठ १०, २०७९
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
८ वर्षअघिको बलात्कारसम्बन्धी एउटा घटनाको छानबिनका लागि समिति गठन भएको छ ।
सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि ८ वर्षअघि २०७१ सालको अन्त्यतिर भएको बलात्कारसम्बन्धी घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रवार एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्स्पेक्टर सपना खड्का सदस्य छन् ।
गत बुधवार एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् । उनले टिकटकमा आफ्नो भनाइ सहितको २० वटा भिडियो क्लिपसमेत राखेकी छन् ।
ती भिडियोमार्फत मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डे नामक ती व्यक्तिले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको ती युवतीले बताएकी छन् । उनले पूर्व मिस नेपाल माल्भिका सुब्बालाई पनि घटनाबारे आफूले जानकारी दिएको तर सुब्बाले न्यायका लागि सहयोग नगरेको भनेकी छन् ।
बलात्कारको मुद्दामा १ वर्षे हदम्याद रहेका कारण कानूनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । अहिले बलात्कारको कानूनमा रहेको हदम्याद हटाउन माग गर्दै प्रदर्शन समेत शुरू भएको छ ।
छानबिन समितिका संयोजक रहेका एसएसपी कुँवरले हदम्यादका विषयमा रहेको कानूनी विषय समेत सहज बनाएर घटनाको छानबिनमा कसरी अघि बढ्ने भन्ने विषयमा सबै पक्षसँग आवश्यक परामर्श हुने बताए ।
‘पीडित पक्षलाई भेटेर पहिलो चरणमा केही कुराकानी भएको छ, अब कानूनविद्सँग पनि छलफल र परामर्श गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ, हामीले काम शुरू गरिसकेका छौं,’ समितिका संयोजक एसएसपी कुँवरले भने ।
उनी नेतृत्वको समितिका सदस्य एसपी कोइराला नेतृत्वको टोलीले शुक्रवार नै पीडित युवतीको घरमा पुगेर भेट गरेको थियो । राजधानीमा खबर छ ।
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...