जेठ १०, २०७९
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।
पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।
अहिले सामुदायिक र निजी दुवै विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव छ । वैशाखदेखि नै विद्यार्थी विद्यालय जान थालेका छन् तर पुस्तक पाएका छैनन् । जनक शिक्षाले यस वर्षका लागि कक्षा ४ देखि १० सम्मका विद्यार्थीको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । बाँकी कक्षाका पुस्तक छाप्ने जिम्मा निजी मुद्रकलाई दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ ।
अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपाइ भएको केन्द्रले दाबी गरेको छ । तर केन्द्रको दाबीमा पनि पत्याउने भरपर्दो आधार छैन, किनभने उपत्यकाका विद्यार्थीका हातमा समेत अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शुक्रबारसम्म कुनै पनि कक्षाको पाठ्यपुस्तक नआएको बताउँदै भने, “अर्को साताबाट पुस्तक वितरण हुन्छ भन्ने हल्ला सुनेको छु तर विश्वास लागेको छैन ।”
तत्काल पाठ्यपुस्तक आउने छाँट नदेखेपछि अघिल्लो वर्षका विद्यार्थीको पाठ्यपुस्तक खोजेर पढाइलाई निरन्तरता दिएको कँडेलले बताए । जनक शिक्षाका तीनवटा छापाखानाबाट अहिले पाठ्यपुस्तक छपाइ भइरहेको छ । ती सबै छापाखानाको दैनिक पाठ्यपुस्तक छपाइ क्षमता एक लाख २५ हजार थान जति छ । छपाइ अवस्था हेर्दा बाँकी पाठ्यपुस्तक छाप्न कम्तीमा पनि जेठभर लाग्छ ।
पाठ्यक्रम विकास केन्द्रले सरकारी तथा निजी मुद्रकहरूलाई गएको माघ–फागुनमा मात्र प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराएको थियो । केन्द्रले उपलब्ध गराएको पीआरसीबाट पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि पाठ्यपुस्तक छपाइमा समस्या भएको गुनासो मुद्रकहरूको छ ।
यसै वर्षदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ । ती पाठ्यपुस्तक छपाइ गर्न झन् धेरै समय लाग्ने हुनाले विद्यार्थीको पढाइमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । धादिङको सल्यान्टारस्थित सल्यान्टार माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भवराज पाण्डेले भने, “विगतमा अवस्था सहज हुँदा त विद्यार्थीले भर्ना हुने वित्तिकै पुस्तक पाउँदैनथे । यो पटक त झन् निर्वाचनको बहाना बनाउन पाइने हुनाले पुस्तक वितरणमा अझै समस्या पर्ने देखिन्छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष जेठ १ गतेबाट पठनपाठन थाल्ने निर्णय गरेको थियो । शिक्षामन्त्री देवेन्द्र पौडेलले गत पुसमा जनक शिक्षामा अनुगमन गरी समयमै पाठ्यपुस्तक छपाइ सक्न निर्देशन दिएका थिए । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले एक महिना ढिलो पढाइ सुरु गर्दा पनि निर्वाचनको बहाना बनाएर पाठ्यपुस्तक छपाइलाई तीव्रता दिन नसक्नु विद्यार्थीको पढाइप्रतिको असंवेदनशीलता हो भन्ने स्पष्ट भएको बताए । उनले निर्वाचन हुने र पुस्तक छपाइ प्रभावित हुनसक्ने थाहा हुँदाहुँदै पनि बेलैमा तयारी गर्न नसक्नु मन्त्रालयको कमजोरी रहेको उल्लेख गरे ।
केन्द्रले छापेको पाठ्यपुस्तक हुम्ला, जुम्ला, मुगुलगायत कर्णाली प्रदेशका जिल्लामा विशेष प्राथमिकता दिएर पठाइरहेको छ । जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत नौवटा प्रादेशिक कार्यालयमार्फत पनि वितरण भइरहेको जानकारी दिए ।
उनले कागज अभावका कारण पनि पाठ्यपुस्तक छपाइ प्रभावित भएको दाबी गर्दै भने, “विगतमा कागज अभाव पनि भयो । त्यसमाथि कागजमा चर्को मूल्यवृद्धि भयो र त्यसको असर पाठ्यपुस्तक छपाइमा पर्यो ।” सरकारले यसै वर्षदेखि कक्षा १ देखि ९ सम्म रङ्गीन पाठ्यपाठ्यपुस्तक छाप्न शुरू गरेको छ । कक्षा १० देखि १२ सम्मको पाठ्यपुस्तक भने श्यामश्वेतमा छापिनेछ । पाठ्यपुस्तक छपाइमा हुँदै आएको अनियमितताबारे गत २०७८ साल वैशाखमा पाठ्यक्रम विकास केन्द्रले अनुगमन समिति गठन गरी छानविन गरेको थियो । गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...