
विरगन्ज महानगरपालिकामा जारी मतगणनामा मेयर पदमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका छन् ।
सिंहले २६ हजार ४३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय कुमार सरावगीले १३ हजार ६७७ मत पाएका छन् ।
सिंहले सरावगीसँग १२ हजार ७६२ मतको अग्रता कायम राखेका छन् ।