
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् ।
५० हजार ५२ मत गन्दा महर्जनले २५ हजार ५४० मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८३८ मत पाएका छन् ।
राप्रपाका अष्ट महर्जनले २ हजार ५०७ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले १४ हजार ७०२ मत पाएकी छन् ।