१६ असार २०८३, मंगलबार

प्रचण्डको फेसबुकमा बादलको उछितो, भनियो– ‘स्खलनको चरमता !’

प्रचण्डको फेसबुकमा बादलको उछितो, भनियो– ‘स्खलनको चरमता !’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजबाट एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको उछितो काढ्नेगरी स्टेटस पोस्ट भएको छ । 

एमाले उपाध्यक्ष बादलको अभिव्यक्ति समेटिएको एक अनलाइन सञ्चारमाध्यमको समाचार लिंक शेयर गर्दै प्रचण्डको फुेसबुकबाट बादलको आलोचना गरिएको छ । 

बादलले एमाले अध्यक्ष केपी ओली युवाहरुको मात्रै बा नभएर विचार र आस्थाको पनि बा भएको भन्ने अभिव्यक्ति उक्त समाचारमा समेटिएको छ । 

त्यसैको लिंक शेयर गरेर प्रचण्डको फेसबुक पेजमा भनिएको छ, ‘स्खलनको चरमता !’

‘यही आस्थाका बा थिए भने २०५१ मै केपीको भजन गाएको भए हुने । लाखौ युवालाई सपना देखाएर आज तिनै सपना बलात्कृत गर्ने बाहरुको चाकरी गर्न अलिकति पनि लज्जा लाग्दैन ? पतनको यो घिनलाग्दोपना किन प्रदर्शन गरिराख्छौं ?’, प्रचण्डको फेसबुक पेजमा बादलको आलोचना गर्दै लेखिएको छ । 

प्रचण्डको आधिकारिक फेसबुक पेजमा पोस्ट भएको यो स्टेटस ५ शेयर भएको छ भने १२८ प्रतिक्रिया आएको छ । 

अहिले भने उक्त स्टेटस प्रचण्डको फेसबुक पेजबाट हटाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्