माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय गहुँ बजारमा आएकाले अहिले नै समस्या नदेखिए पनि ३ महीनापछि समस्या शुरू हुने उद्योगीहरूले बताएका छन् । स्थानीय उत्पादनले लामो समय नधान्ने भएकाले सरकारले जीटूजीमार्फत भारतबाट गहुँ आयात गर्नुपर्ने सुझाव उनीहरूको छ ।
उनीहरूले ३ महीनापछिका लागि अहिलेदेखि नै सरकारले भारत सरकारसँग छलफल गर्नुपर्ने बताएका छन् । भारतबाट गहुँ आयात गर्न नसके नेपालको उत्पादनले धान्न नसक्ने हुँदा उद्योग बन्द गर्नुको विकल्प नरहने बताएका छन् । हालसम्म नेपालमा बीउबाहेक अन्य प्रयोजनमा उपयोग हुने गहुँ भाारतबाटै आयात भइरहेको छ ।
मोरङ व्यापार संघका उपाध्यक्ष तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले आफूसँग १ महीनालाई पुग्ने गहुँ स्टक रहेको बताए । केही महीना नेपालकै उत्पादनले धाने पनि बाँकी समय भारतीय गहुँकै भरमा उद्योग सञ्चालन गर्ने गरेको उनले बताए ।
भारतले गहुँ निकासीमा लगाएको प्रतिबन्धले यहाँका मैदा मिल र त्यसमा आधारित चाउचाउ, बिस्कुटलगायत उद्योगलाई ठूलो असर पर्ने भएकाले सरकारले भारत सरकारसँग वार्ता गरेर नेपाललाई आवश्यक पर्ने गहुँ आयात गर्नुपर्ने बेगवानीले सुझाए ।
गहुँ आयात गर्न नसकेर भारतबाट आँटा र मैदा ल्याएर उद्योग चलाउँदा २५ देखि ३५ प्रतिशतसम्म महंगो हुन जाने उनले बताए । ‘जीटूजीमार्फत गहुँ नै आयात गरेर उद्योग चलाउँदा आम उपभोक्ताले कम मूल्यमा उत्पादन पाउँछन्,’ उनले भने ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत वर्ष भारतबाट ६ अर्ब ९० करोड रुपैयाँ बराबरको झन्डै ३ लाख ३६ हजार मेट्रिक टन गहुँ आयात भएको थियो । विराटनगर नाकाबाट गतवर्ष झन्डै २ अर्ब २० करोड रुपैयाँ बराबरको ६ हजार ८ सय मेट्रिक टन गहुँ आयात भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले बताए । उनका अनुसार भारतले निकासीमा प्रतिबन्ध घोषणा गरेपछि विराटनगर नाकाबाट गहुँ आयात भएको छैन ।
गौमती फूडका सञ्चालक हरिवंश राठी स्थानीय उत्पादनले ३ महीना धाने पनि बाँकी ९ महीना भारतीय गहुँकै भरमा नेपालका मैदा मिल सञ्चालन हुने बताउँछन् । भारत सरकारसँग नेपाल सरकारले कुरा गरेर गहुँ आयात सहज नगराए ठूलो अभाव सृजना हुने उनले बताए । केही वर्षअघि पनि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाउँदा नेपाललगायत छिमेकी देशलाई कोटा प्रणाली लागू गरेर गहुँ दिएको स्मरण गर्दै राठीले थपे, ‘नेपालको उत्पादनले असारसम्म जेनतेन धान्छ बाँकी ९ महीनाका लागि हाहाकार हुन्छ ।’ सरकारले हाहाकार हुन नदिन भारत सरकारसँग तत्कालै सम्झौता गर्नुपर्ने धारणा उनको छ ।
भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो । पहिलो नम्बरमा चीन छ । गहुँ उत्पादनमा तेस्रो रसिया र आठौं नम्बरको युक्रेनबीचको तनावले कृष्णसागरमार्फत गहुँ आपूर्ति बन्द भएको छ । यसपालि मार्चको चर्को गर्मीले भारतमा गहुँ उत्पादन घटेको र रूस–युक्रेन तनावले विश्वभर आपूर्ति व्यवस्था खल्बलिने देखेर भारतले निकासीमा प्रतिबन्ध लगाएको हो । तैपनि, छिमेकी देशहरूका लागि केही खुकुलो नीति लिनेमा नेपालका उद्योगहरू विश्वस्त रहेको राठीले बताए । त्यसो त भारत आफैले पनि खाद्य सुरक्षाका लागि आवश्यक पर्ने मुलुकमा निकासी नरोकिने बताएको छ । आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले खबर लेखेका छन् ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...