जेठ १३, २०७९
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
नेपाल विद्युत् प्राधिकरण पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने निर्णयबाट तत्काललाई पछि हटेको छ । प्राधिकरणले दुईओटा पम्प स्टोरेज आयोजना बनाउने प्रक्रिया अघि बढाइसकेको थियो । अहिले आएर प्राधिकरण ती आयोजना नबनाउने मनस्थितिमा पुगेको हो ।
प्राधिकरणले पहिलोपटक कास्कीमा रहेको बेगनास र रूपा ताललाई प्रयोग गरेर बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढायो । त्यसका लागि उसले विद्युत् विकास विभागबाट २०७४ कात्तिक २७ गते सर्वेक्षण अनुमति पाएको थियो । १५० मेगावाट क्षमतामा बनाउन लागिएको उक्त आयोजनाको सर्वेक्षण अनुमति पाएको साढे ४ वर्ष भइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो कार्यकालमा आफ्नो ड्रिम प्रोजेक्टका रूपमा उक्त आयोजना अघि सारेका थिए ।
घिसिङको पहिलो कार्यकाल सकिएपछि प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक भएर आए । उनले बेगनास–रूपा पम्प स्टोरेजलाई त्यति प्राथमितामा राखेनन् । तर, उनले मकवानपुर जिल्लामा रहेको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाए । त्यसका लागि विद्युत् विकास विभागले २०७७ चैतमा सर्वेक्षण अनुमति दियो । उक्त आयोजनाको सर्वेक्षण अनुमति पाएको पनि १ वर्ष भइसकेको छ । अहिले दुवै पम्प स्टोरेज आयोजना अघि नबढाउने मनस्थितिमा प्राधिकरण पुगको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तत्काललाई पम्प स्टोरेज आयोजना नबनाउने बताउँछन् ।
‘अहिले हामीले जेनेरेशन जलविद्युत् आयोजना बनाउनमै जोड दिएका छौं । अहिलेको आवश्यकता पनि यही हो । तसर्थ, तत्काल पम्प स्टोरेजमा लगानी गर्ने योजना बनेको छैन,’ उनले भने, ‘त्यसैले यसअघि प्रक्रिया अगाडि बढाइएका दुई पम्प स्टोरेज आयोजनाको थप प्रगति नभएको हो । यद्यपि, निकट भविष्यमा हामीलाई यस्तो आयोजना चाहिन्छ । निश्चित अवधिपछि यसतर्फ पनि हाम्रो ध्यान जानेछ ।’
यस्तो आयोजनामा लगानी बढी लाग्ने हुँदा प्राधिकरण पछि हटेको हो । यसमा प्रयोग भइसकेको पानी संकलन गर्न छुट्टै ड्याम बनाउनुपर्छ । साथै, त्यो पोखरीमा जम्मा भएको पानी पम्पमार्फत पहिलो पोखरीमा तान्न पनि उत्तिकै मात्रामा बिजुली चाहिन्छ, त्यसकारण यस्तो आयोजना सञ्चालन गर्दा खर्च बढी हुन्छ । यी कारणले गर्दा प्राधिकरण पम्प स्टोरेज आयोजना बनाउने योजनाबाट पछि हटेको घिसिङको भनाइ छ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...