०३ असार २०८३, बुधबार

सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा गुरागाईं विजयी

सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा गुरागाईं विजयी

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा केदारप्रसाद गुरागाईं २१ हजार ४०५ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत पाएका छन् । दुवैको मतान्तर ७२७ रहेको छ । पराजित ढकाल निवर्तमान प्रमुख समेत हुन् ।

उपप्रमुखमा एमालेकै अकली चौधरी निर्वाचित भएकी छन् । चौधरीले २२ हजार ४५२ मत पाउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३०० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्