०३ असार २०८३, बुधबार

पाँचखाल नगरपालिकामा कांग्रेस विजयी

पाँचखाल नगरपालिकामा कांग्रेस विजयी

काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन् ।

खरेल १२ हजार ८३६ मत पाएका विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार ११५ मत पाएका छन् । खरेल निवर्तमान प्रमुख समेत हुन् ।

उपप्रमुख पदमा नेकपा एमालेकी सूर्य माया दनुवारले जितेकी छन् । उनले गठबन्धनबाट उपप्रमुखका उम्मेदवार माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई पराजित गर्दै जितेकी हुन् ।

दनुवारले ९ हजार ५३४ मत पाइन् भने गौतमले ९ हजार १० मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्