फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कर्णालीलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा विरही बिम्बका रूपमा न्याउली चरी परिचित छ । चैत, वैशाख र जेठ महिनामा उराठलाग्दा वनपाखामा न्याउली चरीको विरही धुन सुनिन्छ । मनको विरह पोख्ने खालको नेपाली लोक गीत र संगीतमा न्याउली चरीको प्रसंग जोडिएर आएको पाइन्छ । स्थानीय हस्तना न्यौपाने न्याउलीसँग जोड्दै आफ्नो मनको विरह जुम्ली ठाडीभाकामा यसरी पोख्छिन् :
हुकुम दारी ब्याउलो, रतेडी खेल्दिएई भुन्नो
चरी दुःखी न्यालो, मान्छे दुःखी म जन्म्या छु
न्याउली चरीको प्रसंग जोडेर कर्णालीमा ठाडीभाकामार्फत विरह पोख्ने गरिन्छ । न्याउलीको आवाजलाई भावुकता र दुःखसँग जोडेर हेर्ने गरिन्छ । गहिरो दुःख, टाढिएका आफन्त, छुटेको प्रेम, विवाह गरेर गएका छोरी–चेली तथा परदेसिएका छोराहरूसँगको विषयलाई न्याउलीको विरहसँग जोड्ने गरिएको छ । न्याउली चरीको विरही धुनपछाडि एउटा रोचक कथा पनि लुकेको छ । न्याउलीको खास कथा आमा र छोराबीच गाँसिएर आउने गर्छ । चैत, वैशाख र जेठ महिनाबाहेक अन्य मौसममा न्याउलीको आवाज सुनिँदैन ।
उजाड र टन्टलापुर घाममा वनपाखा डुल्दा सुनिने न्याउलीको विरही पोख्ने धुनले सबैलाई भावुक बनाउँछ । अचम्म लाग्दो यो छ कि न्याउली चरीको जोडी एउटै रूखमा कहिल्यै देखिँदैनन् । फरक रूखमा बस्ने दुवै न्याउली चरीले भिन्नभिन्न आवाज निकाल्छन् ।
न्याउलीको धुन’bout पाका पुस्तासँग रोचक कथा झुन्डिएको छ । स्थानीय भीम अधिकारी न्याउलीको लोककथा यसरी सुनाउँछन्, ‘सत्य युगमा एक परिवारमा कडा स्वभावकी सासु थिइन् । उनले बुहारीलाई मेलामा काम नसकी घर नआउन उर्दी दिएकी थिइन् । घरमा दुधेछोरा छोडेर काममा निस्किएकी बुहारी काम नसकिँदासम्म घर फर्कन सकिनन् । भोकले छोरा रुन थाल्यो, उसको रुवाइको गर्जन आमाको कानसम्म पुग्यो, सासुको डरले घर फर्कन नसकेकी बुहारीले पख ! पख ! भनेर बच्चालाई सान्त्वना दिइन् । धैर्यताको बाँध टुटेपछि छोराको शरीरमा पखेटा पलायो । ऊ रुँदै आमा खोज्दै रूखरूखमा बस्न थाल्यो । तर, आमा पख ! पख ! भन्दै काममा जोतिरहिन् । आमा पनि शरीरमा पखेटा हालेर छोरा खोज्न थालिन् तर उनीहरूको कहिल्यै भेट नभएको जनविश्वास छ । त्यसैले एउटै रूखमा न्याउली चरीको जोडी कहिल्यै देखिँदैन । यसरी आमा छोरा न्याउली चरी बन्न पुगे ।’
न्याउली चरीसँगको लोक कथा सुनेरै पनि आफ्नो सन्तान भोकाएको बेला दूध खुवाउन विलम्ब हुँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? हामी कल्पनासमेत गर्न सक्दैनौं । पछिल्लो समय न्याउली चरी देख्ने र यसको ’boutमा थाहा पाउने कम छन् ।
जलवायु परिवर्तनको असरसँगै देशभर न्याउली चरीको संख्या घट्दै गएको चरा विज्ञ बासु बिडारी बताउँछन् । ‘प्रायः चराहरू जलवायु परिवर्तनको असरले लोप हुँदै छन्, न्याउली चरी पनि यसबाट अछुतो छैन,’ उनले भने ।
न्याउली चरीको लोककथा अलिखित रूपमा पुस्ता हस्तान्तरण भइरहनु निकै सोचनीय छ । राजधानी दैनिकमा मानबहादुर कुँवरले खबर लेखेका छन् ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...