१२ साउन २०८३, मंगलबार

सुन्दरहरैचामा मेयरकाे पहिलाे निर्णय- अब वडा बाटै घरको नक्सा

सुन्दरहरैचामा मेयरकाे पहिलाे निर्णय- अब वडा बाटै घरको नक्सा

मोरङको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा वडाबाटै घरको नक्सा पास हुने व्यवस्था गर्ने निर्णय गरेका छन् । 

चुनावी अभियानमा जाँदा घर नक्सा बनाँउदा दुःख पाएको भन्ने गुनासो आएपछि वडा बाटै घर नक्साको काम गर्ने गरी निर्णय गरेको नगर प्रमुख गँुरागाईले बताए । 

‘ओभरसियरहरु वडामै छन् । उनीहरुलाई केही समस्या भए नगरपालिका बाट इञ्जिनियर पठाउँछौँ । सबै काम वडावाटै सकेर सेवाग्र्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ’, उनले भने ।  

यस्तै आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने निर्णय पनि उनले गरेका छन् । माध्यमिक विद्यलायहरुलाई संघ तथा प्रदेश सरकारले नमुना बनाउन सहयोग गर्ने गरेकाले नगरपालिकाले आधारभूत विद्यालयलाई नमुना बनाउने नीति लिएको उनले बताए । आधारभुत तहबाटै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक देखिएको समेत गुँरागाईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्