१५ असार २०८३, सोमबार

भायानेटको २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा

भायानेटको २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा

 इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले २०० एमबीपीएस इन्टरनेट मासिक ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । कम्पनीले विद्यमान अल्ट्रा–फाई  लाइनका प्रोडक्टहरूमा आकर्षक परिमार्जन ल्याएको छ । 

१७५ प्लस लाइभ टीभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकले सोही योजनाको भायाटीभी सहितको बन्डल पनि प्रतिमहिना १ हजार १०० रुपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ ।

दुवै योजनाहरूमा ५०० थपी डुअल ब्याण्ड राउटर, नि:शुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ । यो प्याकेज मार्फत भायानेटले बिनाटीभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आईपीटीभी सेवा चाहने दुवै किसिमका ग्राहकको चाहना पुरा गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी लिन चाहने ग्राहकका लागि कम्पनीले दुई ओटा भायाटीभी सहित २५० एमबीपीएस र तीन ओटा भायाटीभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता शुल्क क्रमश: प्रतिमहिना १ हजार २५० र १ हजार ५०० मा उपलव्ध गराउने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्